काठमाडौं मंसिर २,
भारतीय राज्य बिहारको निर्वाचनमा एनडीए गठबन्धनले जित हात पारे संगै एनडीए गठबन्धनले निवर्तमान मुख्यमन्त्री नीतीश कुमारलाई गठबन्धनको नेता चयन गरे पछि उनी पुन बिहारको मुख्यमन्त्री बनेका हुन् । कुल २ सय ४३ सिट रहेको बिहार विधानसभामा सत्तारुढ एनडीए गठबन्धनले १ सय २५ सिट र विपक्षी महागठबन्धनले १ सय १० सिटमा जितेका थिए ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार पटनास्थित राज्यपाल भवनमा सातौं पटक मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै निवर्तमान मुख्यमन्त्री नीतीश कुमारले समग्र विहारको विकास आफ्नो एकमात्र लक्ष् भएको बताउनुभएको छ ।
त्यस्तै उनलाई राज्यपाल फागु चौहानले शपथ गराएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै नीतीशकुमारसँगै भाजपाबाट तारकेश्वर प्रसाद र रेणु देवीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा सहभागी रहेको थियो ।