बिहिबार, बैशाख १३, २०८१

फलफुल चोकमा ग्याँस सिलिण्डर पड्किदा ११ जना घाइते

काठमाडौं असोज २९,

राजधानीको नयाँ बजारस्थित फलफुल चोकमा रहेको निलकुमारी क्षेत्रीको किरियापुत्री बसेको घरमा विष्फोट हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा भुइँ तलाको भ-याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । नजिकै रहेको अर्को सिलिण्डर पनि विष्फोट भएको र विष्फोटका कारण घरको भित्ता चर्किनुका साथै भत्किएको छ । विस्फोटबाट ठूलो क्षति भएको छ । घाइतेमध्ये ४ जनालाई उपचारका लागि मनमोहन अस्पताल भर्ना गरिएको छ।

त्यस्तै यसवीचमा विस्फोटबाट भएको थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।