शनिबार, बैशाख ८, २०८१

प्रमाणको दाबा पुष्टि गर्न डा भट्टराईलाइ काँग्रेसको खुला चुनौति

काठमाडौ असोज२५,
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै भट्टराईले दिएको अभिव्यक्तीको दावी पुष्टि गर्न चुनौती दिएका छन्।

बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका बारेमा भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको समेत संग्लग्नता रहेको अभिव्यक्ति दिएपछि यस विषयमा गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपीलसमेत गरेका छन्।

‘बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ।