बिहिबार, बैशाख १३, २०८१

भक्तपुर क्यान्सर अस्पताललाइ ३ सय गुर्जोको बिरुवासंगै एकसय भन्दा बढि गुर्जो चियापत्ती हस्तान्तरण

भक्तपुर असोज १९,
बढ्दो कोभिड संक्रमणको जोखिमको प्रभावलाइ निस्तेज बनाउ पछिल्लो समय निकै प्रयोग हुँदै आएको गुर्जोको प्रयोगलाइ सेवाभाव सहित राजधानी देखि मोफसलका प्रत्येक टोल -टोलमा  गुर्जो वितरण अभियान सञ्चालन हुँदै आइरहेको छ ।

यसैक्रममा आइतवार उक्त अभियान सञ्चालन गर्दै आइरहनुभएका सामाजीक अभियन्ता एवम आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख समेत रहेका कमल बहादुर राजलवट सहितको टिमले भक्तपुर क्यान्सर अस्पताललाइ ३ सय गुर्जोको बिरुवा र गुर्जोबाट बनाईएको एकसय भन्दा बढि प्याकेट चियापत्ती संगै गुर्जो चुर्ण सहितको विभिन्न रोग निवारण गर्ने जडिबुटी मिश्रण औषधि समेत उपलब्ध गराएको हो  ।

अस्पतालका निर्देशक निर्देशक डा ऋषीकेश श्रेष्ठलाइ एक अनौपचारिक कार्यक्रमकावीच हस्तान्तरण गरिएको अभियानका संयोजक समेत रहेका सुर्यकोट समाज सुधार समितिका उपाध्यक्ष मनोज शाहको संयोजनमा हस्तान्तरण गरिएको हो । त्यसअवसरमा अभियानका प्रमुख सहयोगी तथा NIG ईन्सुरेन्स ललितपुर शाखाका प्रमुख राजेश प्रधान लगायतको उपस्थिती रहेको थियो ।