शनिबार, बैशाख ८, २०८१

महानगर १९ मा ४ सय भन्दा बढि गुर्जोको बिरुवा वितरण

  • टिनोस्पोरा कोर्डिफोलिया अर्थात  गुर्जो ग्यास्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाईटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्या, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी रहनुको अलावा , पाईल्स, पेटसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, आँखाको विकार तथा कमजोरी हटाउने, छालासम्बन्धी सबै समस्या समाधानमा समेत महत्वपूर्ण मानिएको छ ।  

काठमाडौं असोज १७ ,

काठमाडौं महानगरपालिका वडा न १९ कंकेश्वरी मन्दिर आसपासका खोला किनार क्षेत्रमा हरियाली अभियानमा सक्रिय विभिन्न महिला समुह, विहार व्यवस्थापन समितिलाइ आज गुर्जोको बिरुवा वितरण गरिएको छ। १९ वडा सरोकार मञ्चको संयोजन , वडा न १९ समितिको सहकार्यमा गुर्जो बिरुवा निःशुल्क बाँड्दै आएका गुर्जो अभियन्ता एवम् आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख समेत रहेका कमल बहादुर राजलवट र अभियानका सदस्यहरु क्रमस योग गुरु रामप्रसाद पन्थी , राजेश प्रधान र मनोज शाह सहितको टिमले स्थानीय भौ :मचा पूच, चिवावौद्ध विहार समाज र महिला समुहका प्रतिनिधीलाइ करिव ४ सय  भन्दा बढि  गुर्जोको वोट हस्तान्तरण गरेको हो ।

पछिल्लो समय कोभिड १९ को महामारी फैलिरहेको यो विषम परिस्थितिमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको अतिनै उपयोगी गुर्जोको बिरुवा बितरण र यसको रोपन र गुर्जोको सेवनबाट बहुसख्यक कोभिड संक्रमितहरु निको भएको अनेकौ उदाहरण हाम्रो समाजमा पाइन्छ । अझ भनौ यसवीचमा गुर्जोको माग दिन दुइगुणाको रफ्तारमा बढ्दो रहेको पाइन्छ ।

गुर्जोको वोट हस्तान्तरण कार्यक्रममा अभियन्ता कमल बहादुर राजलवटले गुर्जोको महत्व बुझाउदै सानो तिनो बिरामी हुदा पनि सिटामोल लगायतका औसधि प्रयोग नगरेर प्राकृतिक जडिबुटि प्रयोग गर्न सुझाव दिदै हाम्रो बातावरणमा धेरै जडिबुटि हुदाँ हुदै पनि हामीले पहिचान गर्न नसकेर बाध्यता बस हामि अस्पताल धाइरहेका छौ तर हामीले पहिचान गर्न सकेको खण्डमा धेरै रोगको उपचार जडिबुटि जन्य माध्यमबाट गर्न सने दावी समेत गर्नुभयो । साथै गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नाका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउनेमा सभागीलाइ विस्वस्त बनाउदै आफ्नो अभिमत प्रस्तुत गर्नुभयो।

 त्यस्तै अभियानका सदस्यद्दय राजेश प्रधान   र मनोज शाहले पनि गुर्जो चमत्कारिक गुणको व्याख्या गर्दै कोभिडको बढ्दो जोखिमकावीच यसको सेवन आफैमा निकै प्रभावकारी भएको बताउनुभयो ।  कार्यक्रममा मञ्चको संयोजक सुमन खड्गीले मञ्चको संयोजनमा अभियानको तर्फबाट प्राप्त गुर्जोको विरुवो समुचित संरक्षण सहित भोलीका लागि नया आयाम कोर्न सकिने बताउनभयो । कार्यक्रममा वडा सदस्यद्दय मधुसुदन प्रधान ,रञ्जिता परियार समेतको उपस्थित रहेको थियो ।

त्यस्तै वडा सदस्य चन्द्रमान डंगोल र रेणुकमल शाहीले प्राप्त गुर्जोको वोटको संरक्षण् गर्दै भोलीको दिनमा वडा न ,१९ लाइ गुर्जो भण्डारणको रुपमा विकास गर्न सकिने भएका कारण यसको सरक्षण आवश्यक रहेको बताउनुभयो ।

वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया नामले चिनिने गुर्जो मानव शरिरमा मुलत मुख्य तीन वटा गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने कार्यलागि पछिल्लो समय महत्वपूर्ण औषधिको रुपमा स्वीकार गर्नेक्रमले तिव्रता पाउदै आएकोछ । ‘गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रुपमा देखा परेको कोभिड संक्रमणको समoमा जस्तोसुकै रुघाखोकी, पूरानोभन्दा पूरानो ज्वरो समेत निको पारेको अभियानको दावी रहेको छ । गुर्जोको गुणहरु त्रिदोष नाषक [वात, पित्त, कफ] , एन्टि–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–ईन्फ्लामेटरी कुलिङ्ग, एन्टी–ट्युमर र एन्टी–एसिड लगायतका धेरै रहेका छन् ।

गुर्जोको फाईदा तथा उपयोगिताहरुमा ग्यास्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाईटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्या, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी रहनुको अलावा , पाईल्स, पेटसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या, आँखाको विकार तथा कमजोरी हटाउने, छालासम्बन्धी सबै समस्या समाधानमा समेत महत्वपूर्ण मानिएको छ ।