बिहिबार, चैत्र १५, २०८०

८ संक्रमितको मृत्ययुसंगै थप ३ हजार ९३ जना कोभिड संक्रमित थपिए

काठमाडौ कार्तिक ४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण्को क्रममा थप ३ हजार ९३ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको जनाउदै मन्त्रालयले देशभर थप २ हजार १ सय ८ जना उपचारपछि डिस्चार्जभएसंगै  डिस्चार्ज हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको जनाएको छ ।

त्यस्तै गरि देशभरका क्वारेनटिनमा ४ हजार २ सय २० जना, होम आइसोलेसनमा २८ हजार १ सय ९६ जना र संस्थागत आइसोलेसनमा १३ हजार ५ सय ५९ रहेको जानकारी दिदै मन्त्रालयले देशभर थप ८ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको जनाएको छ ।