शुक्रबार, चैत्र १६, २०८०

१० संक्रमितको मृत्युसंगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार नाघ्यो स्थिती थप भयावह

काठमाडौं असोज २३,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परक्षिणको क्रममा थप २ हजार ५९ जनामा कोभिड संक्रमण देखिएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेका छ भने थप १ हाजार ६ सय ८० जना उपचारपछि निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ ।

त्यस्तै क्वारेनटिनमा ४ हजार ७ सय ३ जना, होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना र संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेको  जानकारी दिदै  मन्त्रालयले देशरका अस्पतालका आइसीयूमा ३१८ र भेन्टीलेटरमा ७५ जना उपचार हुँदै गरेको जनाएको छ। यसैवीच देशभर थप १० जना संक्रमितको मृत्यु भएसंगै ्रसंक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । मृत्यु हुनेमा काठमाडौका ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष र ललितपुरको ८४ वर्षीय संक्रमित रहेका छन । त्यस्तै झापाका २९ र ५२ वर्षीय, सुनसरीका ४५, ५२, ६८ वर्षीय पुरुष, रुपन्देहीको ४७ र ८४ वर्षीय पुरुष रहेका छन ।