शनिबार, बैशाख ८, २०८१

हेटौँडाबाट काठमाडौ तर्फ आउँदै गरेको ना १ ज ४१०६ सुमो दुर्घटनामा ३ को मृत्यु

[फाइल फोटो]

काठमाडौ असोज १८,
हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो आइतबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको घटनासस्थलमा मृत्यु भएको छ भने उक्त दुर्घटनामा परी एक बालकसहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा नै मृत्यु हुनेमा मकवानपुरको साविकको पदमपोखरी गाविस ६ का अन्दाजी २५–२६ वर्षीय भीमलाल थिङ र राजन राना मगर र २५ वर्षीया देवीकुमारी गिरी रहेका छन

त्यस्तै  दुर्घटनामा घाइते हुनेमा सुमो चालक २९ वर्षीय विष्णु मगर मकवानपुरको मकवानपुरगढी गाउँपालिका का २७ वर्षीय सोमबहादुर गुरुङ, हेटौँडा उपमहानगरपालिका ३ शर्मिला थिङ र रौतहट जिल्लाको रङ्गपुर बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले पाँच वर्षीय बालकको भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको प्रहरीले जनाएको छ ।  सुमो सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो । सुमो दुर्घटना भएपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा यात्रुको उद्धारमा गरेको प्रहरीले जनाएको छ ।