बिहिबार, चैत्र १५, २०८०

सार्वजनिक जग्गा संरक्षणका लागि पार्क निर्माणसंगै हरियाली प्रवर्द्धन :महानगर प्रमुख शाक्य

वडा न. ७ को चावहिल चोकमा नव निर्मित आकाशे पुलको शुभारम्भसत्रमा  पार्किङ् व्यवस्थापनका लागि यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ् भवन बनाइदिने  प्रमुख शाक्यको सार्वजनिक  आव्हान

काठमाडौं असोज २१,  
काठमार्डौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगर वडा न ७ को चावहिल चोकमा ८२ लाख ६६ हजार ७८३ रुपैयाँको लागतमा नव निर्मित आकाशे पुलको उद्घाटन एवम निर्माणाधिन मचागाः पार्कको अवलोकन गर्दै खुल्ला ठाउँलाई अहिले पनि जोगाउन सकिएन भने भोलि सहरले झन् ठूलो संकट व्यहोर्नुपर्ने निष्कर्ष सहित पार्क सहितको हरियाली प्रवर्द्धनलाई महानगरले जोड दिएको बताउनुभएको छ।

त्यस्तै उहाँले सोहि अवसरमा वडा ६ मा मात्र करीब ८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको २ वटा पार्क वडा ६ को भवन निर्माण स्थल, त्यही वडाको निर्माणाधीन बागमती नगर पार्क र शान्ति नमूना पार्कको रवडा न ६ कार्यालय भवन निर्माणको अवलोकन समेत गर्नुभएको थियो ।

साथै महानगरले यसपटक महानगरका क्षेत्रगत काममध्ये यात्रु सुरक्षा तथा ट्राफिक व्यवस्थापनको लागि आकासे पुल र सार्वजनिक जग्गा संरक्षणका लागि पार्क निर्माण र हरियाली प्रवद्र्धन कार्यक्रममा केन्द्रीत रहेको जनाउ दिनुभएकोछ ।

त्यस्तै महानगर प्रमुख शाक्यले पार्किङ् व्यवस्थापनको प्रसङ्गमा यदि कसैले जग्गा उपलब्ध गराउँछ भने पार्किङ् भवन बनाइदिने सार्वजनिक आव्हान गर्दै आकासे पुलकजेसंगै चावेल क्षेत्रमा यसअघि हुने गरेको सडक दुर्घटनामा समेत कमि आउने विस्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रममा वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोलले नव निर्मित आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै सहजता आउने विचार अभिव्यक्त गर्नुभएको छ ।