मङ्लबार, बैशाख ११, २०८१

सरकारी टोली र अनसनरत डा.केसी पक्षबीच सहमति नगिचको वार्ता हुँदै

[ फाइल फोटो ]

काठमाडौं असोज २३,
समग्र चिकित्सा क्षेत्र सुधारको लागि ६ बुँदे माग सहित विगत २५ दिन देखि अनसनमा बस्नु भएको प्राडा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । बिहीबार दुई चरणमा भएको वार्ता सकारात्मक भएसंगै थप छलफल सहित सहमति कायम गर्दै डाकेसीका माग सम्बोधनका लागि जुटेका वार्ता टोलीले सहमतिको मस्यौदा तयार गर्ने तयारी गरको थाहा भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वको सरकारी टोली र डा जीवन क्षेत्रीको नेतृत्वको केसी पक्षको टोली विच छलफल आज हुने वार्ता कुनै अड्चन आएन भने निर्णयक हुने जनाउ सहित संभवत आजैनै प्राडा केसीले अनसन तोड्ने विस्वास समेत व्यक्त गरिएको छ।

यद्यपीसहमतिकालागि दुवै पक्षका वाताृ टोली टोलीले थप छलफलमा जुटेका छन ।