शुक्रबार, बैशाख १४, २०८१

सरकारले भन्यो- आफ्नो टोल, छिमेकमा कोही नयाँ मानिस आएमा अनिवार्य ७ दिन क्वारेन्टाइनमा राख्नु

काठमाडौं असोज ३०,

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड मिडिया प्रेस विफ्रिङ्ग मार्फत शुक्रवार सरकारले टोल, छिमेक वा गाउँमा कोही नयाँ मानिस आएमा अनिवार्य ७ दिन क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ ।

त्यस्तै संक्रमण देखिएर आइसोलेसनमा बसेकाहरु घर बाहिर निस्किदा थप जोखिम बढने भएकाले त्यस्ता व्यक्तिहरुका वारेमा प्रहरीलाई सूचना दिन समेत आग्रह गर्दै दशैं बजार र छुटको अफरका कारण बजारमा सामान किन्नेहरुको भिड बढेसंगै संक्रमणको जोखिम थप बढेको समेत बताए ।

साथै उहाँले रोगी, गर्भवती र ६० वर्षमाथिका मानिसहरुलाई घर बाहिर ननिस्किन अपिल गर्दै संक्रमित दिनानुदिन बढ्दो रहेका कारण उपत्यकामा आइसोलेशन बेड र आईसीयू पाउन मुस्किल पर्न थालेकोले आफ्नो स्वास्थ्यमा ख्याल गर्न भनको छ।