शुक्रबार, बैशाख १४, २०८१

सरकारको निर्णय प्रति सत्तारुढदलकै विमति ,नागरिकमा थप आतङ्क सिर्जना गर्ने निर्णय तत्काल फिर्ता गर्न माग

काठमाडौ कार्तिक ४, सत्तारुढदलका नेता एमव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोभिड सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिनुको विकल्प नभएको बताउनुभएको छ ।

कात्तिक २ गतेदेखि विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक तथा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेता नेपालले आज एक विज्ञप्ति जारी गर्दै कोभिड संक्रमण बढ्दो रहेको अवस्थामा सरकारको प्रस्तुत निर्णयले नागरिकमा थप भयातङ्क सिर्जना गरेको भन्दै तत्काल जन दायित्व पिपरितको निर्णय फिर्ता गर्न समेत माग गर्नुभएको छ । साथै   विज्ञप्तिमा सङ्क्रामक रोगसम्बन्धी विद्यमान कानूनी प्रावधानले पनि सरकारलाई सङ्क्रमितको उपचार गर्ने दायित्व सुम्पिएको स्मरण गराउँदै उहाँले महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताउनुभएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने समयमा सरकारले त्यस विपरितका निर्णय गर्दै गर्दा  सङ्क्रमित नागरिक थप मारमा परेको पनि उल्लेख गर्नुभएको छ ।