बिहिबार, चैत्र १५, २०८०

सत्तारुढदल बाटै कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौ असोज २५,
कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेता समेत रहेका शाहीकोविरुद्ध आइतावार प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।

३३ जना संसद रहेको प्रदेशमा १८ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।