शुक्रबार, चैत्र १६, २०८०

सत्तारुढदल नेकपाको पूर्व निर्धारित केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं कार्तिक १२,
सत्तारुढ दल नेकपाको पूर्व निर्धारित अर्थात कातिक १५ देखि १७ गतेसम्म गर्ने बस्ने भनिएको केन्द्रीय समितिको १ महिनाका लागि पर सरेको छ । नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५ गतेका लागि सारिएको जनाएसंगै पूर्व निर्धारित बैठकको समयसिमा सरेको हो ।

नेकपा मुख्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा कोभिड १९ को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै बैठक एक महिनापछि सारिएको उल्लेख गरिएपनि बैठकको तयारी नपुगेको भन्दै महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग परामर्श गरेर नयाँ मिति तय गर्दै बैठकको मिति सारिएको बुझिएकोछ ।

यसअघि गत भाद्र २६ गते भएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीको बैठक कातिक १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको थियो ।