बिहिबार, चैत्र १५, २०८०

सत्तारुढदलका प्रवक्ताको प्रश्न – विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन ?

काठमाडौ कार्तिक ९,
सत्तारुढ दलका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी ओलीले गरेको भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रबक्ता श्रेष्ठले सामाजिक संजालमा पोस्ट गर्दै आचारसंहिता विपरीत विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति विना नै ‘रअ’ प्रमुखलाई भेटेको र यसबारेमा पार्टीलाई पूर्व जानकारी नरहेको प्रवक्ता श्रेष्ठले बताएका छन्। नेता श्रेष्ठले आफ्नो निजी विचार भन्दै नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यसप्रकारको घटना पहिलो भएको समेत उल्लेख गरेका छन् ।

उनले यसप्रकारका कामले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने उल्लेख गरेका छन् ।