बिहिबार, चैत्र १५, २०८०

वाणिज्य संगठनको अग्रणी संस्था नेपाल चेम्बरले स्थापनाकालको ७०औ वार्षिक उत्सव मनाउदै

काठमाडौं असोज २७,

नेपाल चेम्बर अफ कमर्शले आज आफ्नो स्थापना कालको ७० औं वाष्र्कि उत्सव मनाउदैछ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि। स।२००७ सालमा आश्विन २७ गते भएको हो ।

बिस २०१२ उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनको सफतापूर्वक सम्पन्न गर्न सफल नेपाल चेम्बरले स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आइरहेका थुप्रै नजिर पाइन्छ ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित रहदै आएको देखिन्छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि छ ।

मुलुकको ७ वटै प्रदेश,६७ वटा जिल्ला र ४६ वटा नगरमा सञ्जाल विस्तारित रहेको नेपाल चेम्वरले रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धि पक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका छन्। । नेपाल चेम्बर अफ कमर्सले ७०वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरुसंग आर्थिक कृयाकलाप विस्तार गर्न समझदारी पत्र मार्फत सम्बन्ध स्थापित गरेको छ ।

 विस२०६२ सालमा  तत्कालिन राष्ट्रपति रामवरण यादवको प्रमूख आतिथ्यतामा नेपाल चेम्बर अफ कमर्स स्थापनाकालको ६० औ वर्षमा हिरक महोत्सव सहित  चेम्वरद्धारा ताहाचलमा खरिद गरिएको  नयां भवनको समेत उद्घाटन गरेको  थियो ।