मङ्लबार, बैशाख ४, २०८१

रौतहट हत्याकाण्डका फरार अभियुक्त सहनी पक्राउ

काठमाडौ असोज १८,
रौतहट हत्याकाण्डाका फरार प्रतिवादी बारा सिम्रौनगढ नगरपालिकाका बद्री सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०६४ चैत २८ गते हुने संविधान सभाको चुनावलाई लक्षित गरी २०६४ चैत २७ गते साँझ राजपुर नगरपालिका९४ स्थित शेख ईद्रिशको गोठघरमा बिस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट हुँदा १६ जना घाइते तथा ३ जनाको मृत्यु भएकोमा घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाएको घटनामा संलग्न रही फरार रहेका सहनीलाई प्रदेश प्रहरी कार्यालय धनुषा प्रहरीले रौतहट बंकुलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त घटना हुँदा सहनी इँट्टाभट्टाको हेड मिस्त्री रहेको र मो।अफताब र मो।महताब आलमको निर्देशन बमोजिम उक्त घटनाका घाइते र मृतकहरुलाई इँट्टाभट्टाको मुग्रोमा हालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।