शुक्रबार, चैत्र १६, २०८०

रिक्त ३ मन्त्रालयमा नयाँ मन्त्री थप गर्दै प्रम ओलीले गरे मन्त्रीपरिषद् पुनर्गठन

काठमाडौं असोज २८
प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद् पुनर्गठनको क्रममा प्रम ओलीले रिक्त रहेका ३ मन्त्रालय क्रमस अर्थमा ,सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा विष्णुप्रसाद पौडेल, सञ्चारमा यसअघि महिला बालबालिका मन्त्री रहेको पार्वत गुरुङलाई र सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाइ नियुक्त गरेका छन ।

त्यस्तै गरि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएकोछ । साथै यसअघि रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका इश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिदै रक्षा मन्त्रालय जिम्मेवारी स्वयम प्रमओली आफैंले लिएका छन । त्यस्तै नव नियुक्त तीनै मन्त्रालयका मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।