बिहिबार, बैशाख १३, २०८१

रक्ताभावको कारण कसैले जिवन गुमाउन नपरोस :चाँगुनारायण न.पा. प्रमुख मिश्र

भक्तपुर कार्तिक १५/राम चन्द्र प्रजापति ,
कोभिड संक्रणो बढ्दो जोखिमको समयमा बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै प्रोटेक्शन ग्रुप भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ३ बंशगोपालमा भौतिक दुरि कायम गरि आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी चागुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले कोभिड १९ को महामारीमा प्रोटेक्शन ग्रुपले रक्तदान जस्तो मानविय सेवा कार्य गरिनु आफैमा सह्रानिय रहेको बताउनुभयो । त्यस्तै उहाँले   रक्ताभावको कारणले कसैले जिवन गुमाउन नपरोस भन्दै भक्तपुर जिल्लामा संक्रमित संख्या दिनानुदिन बढ्दो पाईएका कारण आवश्यक सुरक्षा सतर्कता अपनाउन  आग्रह गर्नुभयो ।

प्रोटेक्शन ग्रुपका अध्यक्ष सिताराम माकले रगत आवश्यक पर्ने विरामीलाई तत्काल रगत उपलब्ध गराउन सकियोस भन्ने लक्ष्य सहित खुल्ला रक्तदान शिविरको आयोजा गरिएको बताउनुभयो ।  नेपाल रेडक्रस सोसाइटी भक्तपुरको रक्त संचार सेवा केन्द्रको प्रविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा महिला ३ जना र पुरुष ३२ गरि ३५ जना स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक रमेश वल्लले जानकारी दिनु भयो।