बिहिबार, बैशाख १३, २०८१

यसरी हनुमानढोका स्थित दशैँघरमा भित्र्याइए फुलपाती [फोटो फिचर]

काठमाडौं कार्तिक ७ ,

कोभिड कहरकावीच आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसैं पर्वलाई हर्षोल्लासका साथ मनाउँने तयारीमा जुटेका छन् । यसैक्रममा आज बडा दशैँको ७औ दिन अर्थात फुलपाती दसैंघर, कोत तथा घरघरमा भित्र्याएका छन ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने परम्परा रहिआएको  छ ।

शुक्रबार सप्तमीका दिन हनुमानढोका दरबारको दसैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउँछन् । धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको छ ।

त्यस्तै जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावा लस्करका साथमा फूलपाती हनुमानढोका स्थित दशैँघरमा फुलपाती भित्र्याइएको हो े