शनिबार, बैशाख ८, २०८१

मुस्कान सहित सेवाको अपेक्षा सहित मियानको महानिर्देशक भट्टराइलाइ शुभकामना

काठमाडौं कार्तिक ३ ,

मुलुकको औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभागको महानिर्देशकको नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका महानिर्देशक भरत भट्टराइलाइ सम्वद्ध सरोकारवाला संघसंस्थाले सफल कार्यकालको कामना सहित बधाइ ज्ञापन गरिएकोछ ।

यसैक्रममा आज औषधि आयातकर्ताको साझा संस्था मियानका अध्यक्ष अञ्जन पुडाशैनी नेतृत्वको प्रतिनिधीमण्डलले औषधि जगतमा नयाँ आयामको सञ्चार हुने विस्वास सहति संस्थागत रुपमा महानिर्देशक भट्टराइको कार्यकाल सफलताको कामना गरिएको हो।

त्यस्तै संघका महासचिव पवन आचार्यले मुस्कान सहितको सेवा आजको आवश्यकता भएको बताउदै विभागले व्यवसायीको हकाधिकार प्रतिस्थापित गर्न सकेमात्र व्यवसायीमा व्यवसायको उमंग सञ्चार हुने र यसबाट समृद्ध मुलकको परिकल्पनालाइ सार्थकता दिन सफल हुने बताउदै बधाइ ज्ञापन गर्दै शुभकामना दिनभएको छ ।

त्यस्तै शुभकामना ग्रहण ग्रहण गर्दै महानिर्देशक भट्टराइले सम्वद्ध एवम् सरोकारवाला संघ संस्थासंगको सहकार्यमानै विभागको विद्यमान संरचनामा नया आयाम सिर्जना गर्न सकिने र यसको लागि सहकार्य संवाद र सहमतिलाइ आफुले प्रतिवद्धरुपमा कार्यान्वयनमा  लैजाने बताउनुभएको थाहा भएको छ । त्यसअवसरमा विभागका जिम्मेवार अधिकारी सन्तोष केसी लगायतको उपस्थिती रहेको थियो ।