मङ्लबार, बैशाख ११, २०८१

माल्टा पठाइदिन्छु भन्दै ४९ लाख ठगी गर्ने राइ पक्राउ

काठमाडौं असोज २२,
माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगीगरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाईमंगलबार प्रहरीले पक्राउ गरेको छ ।

नगद ठगी पछि फरार भएका राइलाइ महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट पक्राउ गरेको हो ।त्यस्तै पक्राउ परेका अभियुक्त राइ उपर आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंपठाइएको अपराध महाशाखाले जनाएको छ