मङ्लबार, बैशाख ११, २०८१

मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षको तुलनामा न्यून

काठमाडौं कार्तिक १२,
आज बडा दशैं अन्र्तगत टीका प्रसाद ग्रहणको तेस्रो दिन पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रमले निरन्तरता पाएकोछ । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।

तर यस वर्ष भने कोभिड सङ्क्रमणको जोखिमका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षको तुलनामा न्यून   देखिन्छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद आफन्त र अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने सनातन परम्परा   एवम यसरी मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास रहिआएकोछ ।