शुक्रबार, चैत्र १६, २०८०

महानिर्देशक भट्टराइलाइ पिडानको स्वागत

काठमाडौं कार्तिक २,

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराइले औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवासयी संघको गतिबिधिलाइ आफुले सुक्ष्म रुपमा मूल्यांकन गर्दै आइरहेको बताउदै आगामी दिनमा संघ संगको सहकार्यलाइ थप घनिभुत बनाउदै अगाडि बढ्ने बताउनु भएको छ ।

औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवासयी संघले नियमक निकाय औषधि ब्यवस्था विभागका नव नियुक्त महानिर्देशक भरत भट्टराईको सफल कार्यकालको कामना सहित संस्थागत स्वागत गर्दै गर्दा महानिर्देशक भट्टराइले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यसक्रममा संघका केन्द्रीय अध्यक्ष शिव बास्कोटा नेतृत्वको प्रतिनिधी मण्डलले महानिर्देशक भट्टराईको कार्यकक्षमा पछिल्लो समय औषधि बजारमा बढ्दो अनेकन विकृति रोकन् पहलकद्मी लिन आवश्यक रहेको बताउदै थोक औषधि व्यावसायिको हक़ ,हित र औषधिको सहज आपूर्तिका लागि औषधि बजारको चेनअफ कमाण्डलाइ पुर्नताजगी दिन आग्रह गर्नुभएको छ ।

त्यस अवसरमा संघका महासचिव गणेश नेपाल , सचिव माधव अधिकारी सल्लाहकार राजेश श्रेष्ठ र प्रवक्ता सुरज पौडेल लगायतको उपस्थिती रहेको थियो ।