शुक्रबार, बैशाख ७, २०८१

भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ मा नेपाल आउने

काठमाडौं कार्तिक् ११,

 भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको ३ दिवसीय भ्रमणका लागि कात्तिक १९ गते ४ सदस्यीय प्रतिनिधीमण्डलाको नेतृत्व गर्दै नेपाल आउने भएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको सेनाको मुख्यालयले जनाएको छ ।

त्यस्तै नेपाल भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप भारतीय सेनाध्यक्ष जनरल नरवणेलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस्तै रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी ओलीसँग जनरल नरवणे वीच औपचारिक भेटवार्ता गर्ने त्यस्तै प्रधानसेनापति थापासँग पनि औपचारिक भेटवार्ता तथा छलफलको कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको   छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930