शुक्रबार, चैत्र १६, २०८०

बढ्दो कोभिड संक्रिय संक्रमितको सख्या संगै भक्तपुर जिल्लाका सरकारी कार्यालय सवै सेवाहरु स्थगन

भक्तपुर कार्तिक २,
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र बढ्दो कोभिड–१९ सङ्क्रमितको जोखिमसंगै प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकिय अधिकृत यज्ञराज जोशीद्दारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएकोछ ।

पछिल्लो समय सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्थालाइ दृष्टिगतगर्दै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारीसूचनामा उल्लेख गरिएको छ ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र, सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, अत्यावश्यक सेवा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट दिइने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य पनि बन्द गरिएको उल्लेख गरिएको छ।

यद्यपी शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवा मात्र नियमित सञ्चालन रहने प्रशासनले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लामा बढ्दोका कोभिड संक्रमणको जोखिमसंगै जिल्लाभित्रका सबै सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु अर्को व्यबस्था नभएसम्म स्थगित गरिसकेको छ ।