शुक्रबार, बैशाख ७, २०८१

बडादशैंको दोस्रो दिन : आरोग्य र शान्ति प्राप्तिको कामना सहित ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै

काठमाडौं कार्तिक २,

घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुरुप बडादशैंको दोस्रो दिन आज आरोग्य र शान्ति प्राप्तिको कामना सहित ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ ।

बडादशैं अन्तर्गत आजको दिनमा नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा अनुरुप कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डल लिएकी देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने परम्परा रहि आएको छ ।

यद्यपी कोभिड कहरका कारण शक्तिपीठहरुमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा विगतजस्तो भिडभाड चहलपहल खासै छैन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930