शुक्रबार, चैत्र १६, २०८०

प्रा डा केसीसंग वार्ता नगर्ने सरकारको हठ महंगो पर्ने काँग्रेसको चेतावनी

काठमाडौं असोज २१ ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएकोछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै प्रा डा केसीको स्वास्थ स्थिति दिनानुदिन जटिल बन्दै गएको भन्दै तत्काल उहाँको माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

तत्कालीन कांग्रेस नेतृत्वको सरकारको कार्यकालमा प्रा डा केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उहाँले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा डा केसीका माग पूरा गरिएको विज्ञप्ति मार्फत स्मरण समेत गराउदै वार्ता नगर्ने वर्तमान सरकारको  हठ सरकारलाई महंगो पर्ने चेतावनी समेत दिनुभएको छ ।