बिहिबार, बैशाख १३, २०८१

पुर्नगठन प्रति बढ्दो असन्तुष्टी: नवनियुक्त ३ मन्त्रीको शपथ कार्यक्रममा अध्यक्ष प्रचण्ड र नेता नेपाल अनुपस्थित

काठमाडौ असोज २९,
सत्तारुढदलका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेत माधव नेपालको असन्तुष्टिका वीच प्रम ओलीले बुधवार मौजुदा मन्त्रिपरिषदको एकलौटी रुपमा हेरफेर संगै नवनियुक्त ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

पौडेल रुपन्देही, कृष्णगोपाल काठमाडौं र लीलानाथ सिराहाबाट निर्वाचित सांसद हुन् । सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी ओली तथा संबैधानिक निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।मन्त्रीमण्डल पुर्नगठनको सवालमा बढ्दो असन्तुष्टीकै कारण नेकपा अध्यक्ष प्रचण्ड र नेता माधब नेपाल भने शपथ ग्रहण कार्यक्रम अनुपस्थित रहेको बुझिएकोछ।

यद्यपी नवनियुक्त मन्त्रीले आज नै सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण समेत गरेका छन् । मन्त्रालय हेरेफेरमा पर्नुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएका पार्वत गुरुङले पनि आजै पदभार ग्रहण गर्नुभएकोछ ।