शुक्रबार, चैत्र १६, २०८०

पुनःनिर्मित रानीपोखरीको आज विधिवत उद्धघाटन गरिदै

काठमाडौ कार्तिक ५,

०७२ को महाभूकम्पका कारण पूर्णरुपमा क्षति ग्रस्त भएको राजधानीको रन्तपार्कस्थित तीन सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुरानै शैलीमा पुनःनिर्माण पछि आज विधिवत उद्धघाटन गरिदैछ ।भूकम्प गएको पाँच वर्षपछि पुनःनिर्मित रानीपोखरीको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको भूकम्प राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

२०७२ को बिनासकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुर्न निर्माण कार्यले यसवीचमा अनेकन अवरोध पार गर्दै पुनःनिर्मित स्वरुप प्राप्त गरेको हो ।  त्यसोत भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माणको शिलान्यास गर्नुभएको थियो । तर ५ वर्षपछिमात्र यसले पूर्णता पाएको हो।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको सवाालमा तत्कालीन मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख रहेको पाइन्छ ।