बुधबार, बैशाख १२, २०८१

पीसीआर परीक्षण संगै अब एन्टीजेन विधिबाट समेत कोभिड परीक्षण गरिने

काठमाडौ असोज २७,

बढ्दो कोभिड महामारसिंगै पीसीआर परीक्षण संगै अब एन्टीजेनमा आधारित कोभिड परीक्षण विधि सञ्चालनमा ल्याउने भएको छ । ‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड ९१९’ मा चौथो संसोधन गर्दैै यो नयाँ विधिबाट समेत कोभिड परीक्षण गर्न लागेको हो । एन्टीजेनमा आधारित परीक्षण मुलत ठूलो जनघनत्व भएको ठाँउमा मास स्क्रिनिङ गर्नु परेमा, अस्पतालमा आकस्मिक सल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा र बृद्धाआश्रमका बृद्धबृद्धाहरुमा मात्रै गरिने र यसको लागि एन्टीजेनको किट तथा रिएजेन्टहरु एफडीए र ईयुएले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्ने बताएकोछ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको प्रयोगशालाले मात्रै यो परीक्षण गर्न पाउने जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणका लागि तय गरिएको विधि अनुसार गर्नु गराउन सरोकारवाला निकायलाई निर्देशन दिदै यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिमको बायोसेफ्टी क्याविनेट तथा अन्य सुरक्षा विधिको पालना गर्नुपर्ने बताएकोछ ।

यस्तै एन्टीजेनमा आधारित परीक्षणका लागि अधिकतम शुल्क १ हजार रुपैयाँ मात्रै तोकिएको जनाउदै मन्त्रालयले परीक्षणमा पोजेटिभ आएमा परीक्षण गर्ने प्रयोगालाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्वन्धी जिल्लाको स्वास्थ्य कार्यालय र व्यक्ति स्वयंलाई जानकारी गराउनुपर्ने छ । नेगेटिभ आएमा व्यक्तिललाई मात्रै जानकारी गरे पुग्ने समेत निदेैशनमा उल्लेख गरिएको छ ।

केहो एन्टिजेन परीक्षण विधि :  यसअघि कोभिड परीक्षणको लागि प्रयोग हुँदै आएको पिसीआर विधिसंगै पछिल्लो समय उपत्यका लगायत देशैभर संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन विधि मार्फत सहज र सरल तरिकाबाट मानव शरिरमा कोभिड संक्रमण भए नभएको पत्ता लगाउन शुरु गरिएको नयाँ प्रविधि हो । यो विधिबाट धेरे जनामा एकै चोटि परिक्षण गर्न पर्ने अवस्थामा, अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोभिड परिक्षण रिर्पोट चाहिएमा तथा धेरै व्यक्तिहरु बस्ने स्थान सेनाको व्यारेक, बन्दीगृह लगायत क्षेत्रमा परीक्षणका लागि प्रयोग गर्ने गरिन्छ ।

एन्टिजेनमा आधारित परिक्षणमा पिसीआरमा जस्तै मानिसको घाँटी तथा नाकबाट-यालको नमुना लिइन्छ । त परिक्षणका क्रममा लिएको ९यालको नमुना प्रयोगशालमा नभएर किटबाट जाँच गरिन्छ । साथै यसमा आधारित परिक्षणको नतिजा पिसीआर परिक्षण जतिकै मान्य हुने मन्त्रालयले जनाएको छ । एन्टिजेन परीक्षणको क्रममा संकलन गरिएका ¥यालका नमुनामा भाइरसको मात्रा कम भएमा यसले सतप्रतिशत सहि नजिता भने दिन सक्दैन । यस्तो अवस्थामा नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाह अनुसार थप पिसिआर गर्नुपर्ने पनि हुन सक्छ ।

धेरे जनामा एकै चोटि परिक्षण गर्न पर्ने अवस्थामा, अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोभिड परिक्षण रिर्पोट चाहिएमा तथा धेरै व्यक्तिहरु बस्ने स्थान सेनाको व्यारेक, बन्दीगृह नेपालमा बाहेक भारत र अमेरिकाले एन्टिजेनमा आधारित परिक्षण विधि प्रयोग हुँदै आएको छ ।