शुक्रबार, चैत्र १६, २०८०

पीसीआर परीक्षण नि:शुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं असोज १६ , सर्वोच्च अदालतले कोभिड परीक्षणका लागि गरिने पीसीआर परीक्षणमा निशुल्क गर्न सरकारका नाममा परमादेश दिएको छ । पिसिआरको शुल्क लिन बन्द गर्न माग गर्दै परेको रिटमा बिहीबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्‍कबहादुर मोक्तानको संयुक्त इजलासले परामादेश जारी गरेको हो ।

पीसीआर परीक्षण निस्शुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।