शुक्रबार, बैशाख ७, २०८१

नेपाल चिकित्सक संघले आकस्मिक र कोभिड संक्रमण बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने

काठमाडौं असोज २४,
नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । शनिवार बसेको संघको बैठकले सरकारले अनसनरत प्रा डा गोविन्द केसीका माग सम्बोधनमा चासो नदेखाएको भन्दै आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड संक्रमण बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

त्यस्तै आन्दोलनको घोषणसंगै संघले वार्ता र सम्वादलाई तार्किक निस्कर्षमा पु¥याउन र डा केसीको जीवन रक्षाको लागि आवश्यक सहजीकरण समेत  गर्न तयार रहेको जनाएकोछ ।

यसअघि सरकार र केसीविचको वार्ता सकारात्मक रहेसंगै पूर्व घोषित आन्दोलन स्थगित गरेको संघले पुन आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो ।  घोषणा गरिएका आन्दोलन कार्यक्रमवाट उत्पन्न हुने जुनसुकै परिस्थिती सरकार जिम्मेबार हुने संघका महासचिव बद्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिउको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930