शुक्रबार, चैत्र १६, २०८०

नेकपा सचिवालय बैठक: रिक्त ३ मन्त्रालयमा नयाँ मन्त्रीको चयन सहित मौजुदा मन्त्रीपरिषदमा फेरबदल गर्ने तयारी

काठमाडौं असोज २०,
आज परान्ह प्रमको सरकारी निवास वालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । यसअघि आइतवार नै बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै आजबस्ने गरि स्थगित गरिएको थियो ।

आजको बैठमा मुलत पार्टीका अध्यक्षद्दय केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच भएको छलफल अनुरुप मन्त्रीमण्डल पुर्नगठन अन्र्तगत रिक्त रहेको अर्थ, सञ्चार र शहरी विकास गरि ३ मन्त्रालयमा नयाँ मन्त्री थप्ने प्रस्तावलाई मूर्तता दिनुको अलावा मौजुदा मन्त्रीमण्डलका शिक्षामन्त्री गिरिराजमणि पोखरेल,वनमन्त्री शक्ति बस्नेत,कृषि मन्त्री घनश्याम भुसाल खेलकुद मन्त्री जगत विश्वकर्मा मूमिसुधारमन्त्री पद्मा अर्याल लगायतलाइ विदा गरिने तयारी रहेको समाचार स्रोतको दावी रहेको छ ।

त्यस्तै आजको सचिवालयको बैठक मा राजदूत नियुक्तिपछि देखिएको विवाद, मन्त्रीमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा समेत गम्भीर छलफल हुने बताइएको छ ।