मङ्लबार, बैशाख ४, २०८१

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं असोज १७ , आज बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले आज बस्ने भनिएका बैठक आइतबार ४ बजे सम्मका लागि स्थागित भएको र भोलीको बैठकमा मन्त्रिमण्डल पुनर्गठन संगै यसअघि तय गरिएका एजेण्डासहित सरकारले हालै गरेका राजनीतिक नियुक्तिका विषयमा समेत छलफल हुने जानकारी दिनुभयो ।