शुक्रबार, बैशाख १४, २०८१

देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार नाघ्यो,थप ४ हजार ४७ जनामा संक्रमण, ९को मृत्यु

काठमाडौ असोज २६,
बढ्दो कोभिड महामारीको रफ्तारसंगै पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षणको क्रमम थप ४ हजार ४७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ।

त्यसैगरी पछिल्लो देशभर थप १४ सय ७३ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको जनाउदै मन्त्रालयले देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ३१ जना, होम आइसोलेसनमा १९ हजार ९ सय ५७ जना, संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ जना रहेका छन भने २ सय ७९ जनाको आइसीयूमा र ६७ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै देशभर २ महिला र ७ जना पुरुष गरि थप ९ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।