बुधबार, बैशाख १२, २०८१

देशभर संक्रमणका १८ जनाको मृत्युसंगै थपियो ३ हजार ७ सय ९० जनामा कोभिड संक्रमित

काठमाडौ कार्तिक ३,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ७ सय ९० जनामा कोभिड संक्रमण पुष्टि भएको छ। योसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको जानकारीदिदै मन्त्रालयले देशभर थप २ हजार ३ सय ३५ जना उपचारपछि निको डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको जनाएको छ ।

त्यस्तै देशभरका क्वारेनटिनमा ४ हजार ४ सय ७० जना, होम आइसोलेसनमा २६ हजार ९ सय २७ जना र संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ रहेको जानकारी दिदै आइसीयूमा २ सय ८२ र भन्टीलेटरमा ६३ जना उपचाररत रहेको जनाएको छ ।