शुक्रबार, चैत्र १६, २०८०

देशभर थप २१ को मृत्यु संगै थपिए ४ हजार ३९२ जना कोभिड संक्रमित

काठमाडौं असोज ३०,
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षणको क्रममा थप ४ हजार ३९२ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेका छ भने ३५ सय २२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ८ जना, होम आइसोलेसनमा २५ हजार ४६ जना रसंस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ जना रहेको जनाउदै मन्त्रालयले आइसीयूमा ३१५ जना र भेन्टीलेटरमा ७७ उपचार हुँदै गरेको जानकारी  दिएको छ।

यसैवीच देशभर थप २१ जना कोभिड संक्रमितको मृत्यु भएसंगै कुल मृतकको सख्या ७ सय १५ पुगेको जनाएको छ।