शुक्रबार, बैशाख १४, २०८१

देशभर कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या ७ सय ५७ पुग्यो

काठमाडौ कार्तिक ३,
पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । योसंगै देशभर संक्रमणका कारण मृत्यु हुनेको सख्या
७ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकोछ।

त्यसैगरी देशभर थप २ हजार ३ सय ३५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन भने देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । त्यस्तै संक्रमणबाट गम्भीर भएका २ सय ८२  जना विरामीको आइसीयूमा र ६३ जना को भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालले जनाएको छ।