शुक्रबार, चैत्र १६, २०८०

दशैँ मनाउन घर पुगेका प्रदेश प्रमुख प्रसाईलाई कोभिड- सङ्क्रमण

काठमाडौं कार्तिक १२,
वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । हेटौडाबाट दशैँ मनाउन झापाको मेचीनगरस्थित स्वनिवासमा पुग्नुभएका प्रदेश प्रमुख प्रसाईको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै लक्षण सहितको कोभिड संक्रमण पुष्टि भएका प्रदेश प्रमुख प्रसाईको पछिल्लो स्वास्थय अवस्था स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बस्नु भएको बुझिएको छ । यसअघि उहाँका छोरा राजेश प्रसाईलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।