शुक्रबार, चैत्र १६, २०८०

थप २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण ,१२ को मृत्यु

काठमाडौ कार्तिक २,
देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षणको क्रममा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ सय ४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ ।

त्यस्तै यसमध्ये काठमाडौमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना गरी १ हजार ६९८ जना रहेको मन्त्रालयले जनाएको छ।

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप २ हजार ३ सय २६ जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ९२ हजार १ सय ६६ पुगेको र देशभरका क्वारेनटिनमा ४ हजार ८ सय ३१ जना, होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना र संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ रहेको जनाएको छ ।

त्यस्तै आइसीयूमा ३ सय १ र भन्टीलेटरमा ६६ जना उपचाररत रहेको जनाउदै पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको जनाएको छ ।