शुक्रबार, बैशाख ७, २०८१

थप २७ सय २२ जनामा कोभिड संक्रमण, ११ को मृत्यु

काठमाडौं असोज १६ ,

शुक्रबार देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षणको क्रममा थप २७ सय २२ जनामा कोभिड संक्रमण पुष्टि भएकासंगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।  त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामामा १६६२ जना रहेको जनाउदै मनत्तचलयले उपत्यकाको स्थिती दिनानुदिन गम्भीर बन्दै गएको जनाएको छ ।

त्यस्तै हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८८५ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको छ भन े यसमध्ये होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ७६० जना रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको संख्या ३३०७ रहको र यो संगै डिस्चार्ज हुने जम्मा संख्या ८२ हजार ४५० पुगेको जनाउदै २१० जना आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्रका ५ जना सहित ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।मृत्यू हुनेमा काठमाडौंका ६७ वर्षिया महिला, भक्तपुरका ६१ वर्षिय, ५१ वर्षिया महिला र ललितपुरका २७ वर्षिय, ३२ वर्षिय, ७० वर्षिय पुरुष रहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930