शुक्रबार, बैशाख ७, २०८१

थप २२ सय ५३ जनामा कोभिड संक्रमण पुष्टि, ५ दिने बालिका सहित ७ जनाको मृत्यु

काठमाडौ असोज १८,
आईतबार विभिन्न प्रयोगशालामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गर्दा थप २२सय ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  यसमध्ये काठमाडौं उपत्यकामा मात्र १५९९ जना रहेको जनाउदै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेको जनाएको छ ।

साथै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २०३ जना त्यस्तै आइसीयूमा २२६ जना र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामाकोभिड मुक्त भई १सय २९ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुने जम्मा संख्या ६४ हजार ६९ जना पुगको छ ।

साथै ४ महिला र ३ पुरुष गरि ७ जनाको मृत्युभएसंगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया, बाँकेमा २५ वर्षीया, कञ्चनपुरमा २९ वर्षीया महिला, मकवानपुरमा ५ दिने बालिका, काठमाडौंमा ५५ वर्षीय, ललितपुरमा ७७ वर्षीय र बाँकेमा ६० वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930