शुक्रबार, बैशाख ७, २०८१

जनताको स्वास्थ्य अधिकारप्रति वेवास्ता गर्दै निःशुल्क कोभिडको उपचारको व्यवस्था नगरे आन्दोलन

काठमाडौं कार्तिक् ५ ,

कोभिड सङ्क्रमित विपन्न र सङ्क्रमणको उच्च जोखिममा रहेर काम गर्ने कर्मचारीलाई मात्र निःशुल्क उपचार गर्ने सरकारको निर्णय फिर्ता लिन ५ दर्जन भन्दा बढि संघ संस्थाहरुले सरकारलाइ आग्रह गरेको छ ।

नेपाल पत्रकार महासङ्घसहित विभिन्न ५३ वटा नागरिक तथा सामाजिक सङ्घसंस्थाले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई फिर्ता लिई निःशुल्क कोभिड जाँच गराउन माग गरिएको हो ।

साथै विज्ञप्तिमा संविधानप्रदत अधिकार अनुरुप जनताको स्वास्थ्य र जीउ ज्यानको रक्षा गनुपर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै सरकारले नागरिकका लागि गर्नुपर्ने संवैधानिक, कानूनी र नैतिक दायित्व पूरा गर्न जोडदार माग गर्दछौं भनिएको छ।

त्यस्तै विज्ञप्तिमा सर्वोच्च अदालतले कोभिड संक्रमितको उपचार निः शुल्क गर्न आदेश जारी गरेको थियो । उक्त आदेशको कार्यान्वयन सरकारको नगरे अदालतको अवहेलना हुने पक्ष्लाइ समेत हेक्का राख्न आग्रह गर्दै यदि सरकारले उल्लेखित निर्णय फिर्ता नगरी जनताको स्वास्थ्य अधिकारप्रति वेवास्ता गरेमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिईएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930