बुधबार, बैशाख १२, २०८१

चोरी भएका २६ वटा मोटरसाइकल सम्बन्धीत धनीलाइ हस्तान्तरण

काठमाडौ असोज २४ / अनुप प्रधान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार उपत्यकाका विभिन्न स्थानबाट हराएका  २६ वटा मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनीलाइ हस्तान्तरण गरेको छ।

कोभिड माहामारीको वीचमा ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाइका टोलीले विभिन्न मितिमा हराएका मोटरसाइकलको खोजतलास गरि फेरा परेको सवारस् साधन सम्बन्धीत धनीलाइ उपलब्ध गराएको हो ।

महाशाखाका अनुसार उपत्यकाका ठमेल , नयाँ बपार्क, सूर्यविनायक, वनस्थली, वानेश्वर,गा्रशाला, सानेपा, इमाडोल , टाउनी जोरपाटी लगायतका क्षेत्रबाट हराएका उक्त सवारी महाशाखा प्रसख भिमप्रसाद ढकालले हस्तान्तरण गर्नुभएको हो ।

त्यस्ते आव ०७६ र७७ मा मात्र चोरी भएका ३२५ वटा मोटरसाइकल फेलापारी सम्बन्धीत व्यक्तिलाइ उपलब्ध गराएको छभने लकडाउनकावीच पनि ६४ वटा सवारीको खोजी गरि सम्बन्धीतलाइ बुझाइसकेको महाशाखाले जनाएकोछ ।