शनिबार, बैशाख ८, २०८१

गुर्जो अभियन्ता राजलवटबाट महासंघ काठमाडौं शाखालाइ विरुवा र चियापत्ती हस्तान्तरण

काठमाडौ असोज २७,

पछिल्लो समय बढ्दो कोभिड महामारीको रफ्तारसंगै जनताको सूचनाको स।वाहक पत्रकारको सुस्वास्थ्यका कामना गर्दे आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख समेत रहेका गुर्जो अभियन्ता कमल बहादुर राजलवट र गुर्जो वितरण अभियानका सदस्य मनोज शाहले आज नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सन्तराम विडारी लाइ एक क्रेट गुर्जोको विरुवा र एकसय प्याकेट भन्दा बढि चियापत्ती एवम गुर्जो चुर्ण हस्तान्तरण गर्नुभएको छ ।

भृकुटीमण्डपस्थित शाखा कार्यालय पसिरमा आयोजित एक अनौपचारिक कार्यक्रमकावीच महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गर्नुको अलावा अभियन्ता राजलवटले गुर्जोको प्रभावकारिताको विषयमा प्रकाश पार्दै आवश्यकता अनुरुप थप चियापत्ती समेत  उपलब्ध गराउने बताउनुभएको छ ।

कार्यक्रममा समन्वयकर्ता महासचिव श्रीजन झा, शाखा अध्यक्ष विडारी लगायतले गुर्जो अभियन्ता राजवलटको अभियानको प्रशसा गर्दै अभियानको सफलताको कामना गर्नुभएको थियो । त्यस्तै अभियानका सदस्य मनोज शाहले गुर्जो चिया सेवनबाट प्राप्त फाइदाको विषयमा बताउदै सेवनको लागि आग्रह गर्नु भएको उक्त कार्यक्रम शाखा सचिव मोहन पन्तले सञ्चालन गर्नुभएको थियो ।