बिहिबार, चैत्र १५, २०८०

कोषको गुरुयोजना किमार्थ स्वीकार्य नभएको संघर्ष समितिको जनाउ

काठमाडौं आसोज २१,
पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीयले आज पनि प्रदर्शन गरेका छन्। पशुपतिनाथको प्राचीनता नै धरापमा पार्ने गरि तयार पारिएको गुरुयोजना स्वीकार्य नभएको भन्दै स्थानीय आन्दोलित हुँदै आइरहेको छ । कोषले नियोजित स्वार्थ सहित पशुपति क्षेत्रको विकासको नाउँमा विनासलाइ   प्रशय दिदै परम्परागत वस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप लगाउदै आएको छ।

आन्दोलनको क्रममा पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको अगुवाइमा जारी  आन्दोलनका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजना किमार्थ स्वीकार्य नभएको जनाउ दिदै बुधवार उनीहरुले कोषको कार्यालय घेराउ गर्दै विकास कोष खारेज गर्नसमेत माग गरेका छन ।

स्मरण रहोस, १ सय वर्षे गुरुयोजनाले पशुपति क्षेत्रको चार किल्ला भित्र बसोबास गर्दै आएका पुरानो वस्तीलाई विस्थापीत गर्ने र जात्रा पर्वहरुको विनास गरी व्यापारिकरण संगै कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको उनिहरुले बताएका छन ।