शुक्रबार, चैत्र १६, २०८०

कोभिड १९ संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु

काठमाडौं असोज ३०, कोभिड १९ संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा रुपन्देही, भक्तपुर, काभ्रे र मोरङका एक–एक जना रहेको उनिहरुको उपचारको क्रममा मृत्यु भएको सम्बन्धीत अस्पतालले जनाएकोछ ।

त्यस्तै प्राप्त जानकारीअनुसार बुटवलस्थित कोभिड विशेष अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुष, भक्तपुरको कोरिया मैत्री अस्पतालमा उपचारारत भक्तपुर –८ लिवालीकी ७४ वर्षीया महिलाको  त्यस्तै भक्तपुर अस्पतालमै उपचाररत काभ्रेको धुलिखेल नगरपालिका–९ का ४१ वर्षीय पुरुष र विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको जनाएकेछ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९८ पुगेको छ ।