शनिबार, बैशाख ८, २०८१

कोभिड संक्रमित मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर भएसंगै थप उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं कार्तिक ७ ,

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको कोभिड संक्रणका स्वास्थ्य अवस्था गम्भीरभएसंगै आज थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत् काठमाडौं ल्याईएको छ । बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीलाइ कोभिड संक्रमण पुष्टि भएको हो ।

हेटौंडास्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं ल्याइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसवीचमा प्राप्त पछिल्लो जानकारी अनुसार मुख्यमन्त्री डोरमणि पौडेल गंगालाल अस्पताल बाँसबारीमा भर्ना गरिएको छ । यसअघि संक्रमण पुष्टि भएसंगै घरमै आईसोलेसनमा रहेका ७३ बर्षिय मुख्यमन्त्री पौडेलको केहि समय अघि मुटुको अप्रेशन गरिएका कारण संक्रमणले त्यसलाइ प्रभावित पार्न सक्ने संभावनालाइ दृष्टिगत गर्दै गंगालाल अस्पतालमा भर्ना गरिएको बताईएकोछ ।