मङ्लबार, बैशाख ११, २०८१

कोभिड जोखिमका कारण आजकै दिनमात्र खुला गरिने कारण तलेजु भवानी मन्दिर नखुल्ने

काठमाडौ कार्तिक ९,
आज वडा दशैं अन्र्तगत असोज शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर देशभर नेपालीहरुको महानवमी पर्व मनाइँदै छ ।

त्यस्तै आजको दिन बडादसैंको महानवमीका दिनमात्र सर्वसाधारणको दशाका लागि लागि खुल्ला गरिने हनुमानढोकास्थित तुलजा भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला गर्ने गरिन्छ ।

आजै हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइन्छ । विगतका वर्षमा तलेजु भवानीको दर्शनका लागि दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लाग्थ्यो । तर यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण कुनै पनि शक्तिपिठ खुला गरिएको छैन ।